Section 24A
झुठ्ठा व्यहोरा देखाई वा नियम विरुद्ध प्राप्त गरेको जग्गा जफत हुने
 (१) यो ऐन बमोजिम जफत भएको वा नेपाल सरकारलाई प्राप्त भएको जग्गा कसैले झुठ्ठा व्यहोरा देखाई वा यस ऐन अन्तर्गतको नियम विरुद्ध बिक्री वितरणमा पाएकोछ भन्ने लागेमा नेपाल सरकारले कुनै अधिकृतद्वारा त्यस्तो जग्गाको सम्बन्धमा आवश्यक जाँचबुझ गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम भएको जाँचबुझबाट कसैले झुठ्ठा व्यहोरा देखाई वा यस ऐन अन्तर्गतको नियम विरुद्ध कुनै जग्गा बिक्री वितरणमा पाएको देखिएमा नेपाल सरकारले त्यस्तो जग्गा जफत गरी तोकिए बमोजिम पुन बिक्री वितरण गर्न गराउन सक्नेछ ।